अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण १८, आईतवार १०:०६

जनता समाजवादी पार्टी नेपाल सप्तरीको अध्यक्षमा उमेशप्रसाद यादव र केदारप्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

राजविराजमा शनिबार पार्टी कार्यालयमा छुट्टाछुट्टै प्यानलसहित उनीहरूले निर्वाचन समिति समक्ष उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यतालिका अनुसार शनिबार मनोनयन दर्ता भए बमोजिम अध्यक्ष पदमा उम्मेदवार उमेशप्रसाद यादवले उम्मेदवारी दर्ता गरे भने अर्का अध्यक्षका उम्मेदवार केदारप्रसाद यादवले पनि उम्मेदवारी दर्ता गराएका छन् ।



 

केदार यसअघि पार्टी जिल्ला अध्यक्ष थिए भने उमेश उपाध्यक्ष थिए । उमेशको प्यानलबाट उपाध्यक्ष हरेराम यादव, राजेश्वर राय, सचिवमा निरज मुक्ति, उपसचिवमा दाउद हुसैन, राहुल मण्डल र कोषाध्यक्षमा अभिनभ यादव (निकु) रहेका छन् । त्यसैगरि केदारको प्यानलबाट उपाध्यक्षमा लक्ष्मण यादव, उषा साह, सचिव शम्भु कुमार यादव, उपसचिवमा रिता कुमारी चौधरी, रामेश्वर कौडगिया र कोषाध्यक्ष अर्मेन्द्रकुमार यादव छन् ।

सात पदाधिकारी खुला, २५ भुगोल र समावेशी २५ गरी ५० सदस्य जिल्ला समिति चयनका लागि साउन १८ गते बिहान ८ देखि १ बजेसम्म मतदान हुने निर्वाचन अधिकृत धनेश्वर यादवले जानकारी दिए । उनका अनुसार जिल्ला नेतृत्व चयनका लागि विभिन्न पालिका र भातृसङ्गठन गरी एक सय १५ जनाले मतदान गर्ने बताए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार