अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण १७, शनिबार १६:३१

काठमाडौँ ।
मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ नजिकिने क्रममा रहेकाले आजदेखि कम्तीमा ३ दिन अर्थात् सोमबारसम्म देशभर मौसम बदली र वर्षा हुने क्रम बढ्ने मौसमविद्ले बताएका छन् ।
मौमस पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले दिएको जानकारी अनुसार अहिले मनसुनको न्यूनचापीय रेखा (पानी पार्ने प्रणाली) सरदर स्थानभन्दा उत्तर अर्थात् नेपालतर्फ नजिकिने क्रममा छ । ‘त्यसले आजदेखि कम्तीमा तीन दिन मनसुनी गतिविधि (मौसम बदली र वर्षा) बढ्ने सम्भावना छ’, शनिबार बिहान उनले भनिन्, ‘यसपटक मधेस तथा तराईमा पनि पानी राम्रै पर्ने अनुमान छ ।’
त्यसो त मधेस क्षेत्रमा गएराति पनि राम्रै वर्षा भएको उनले बताइन् । ‘पछिल्लो १० घण्टाको रेकर्ड हेर्दा मधेसका एक–दुई स्थानमा भारी वर्षा पनि भएको छ’, मौसमविद् महर्जनले भनिन् । अहिले पनि देशका विभिन्न स्थानमा पानी परिरहेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार