अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण १७, शनिबार १४:४१

जनमत पार्टीका निलम्बनमा परेका उपाध्यक्ष ई. दीपककुमार साह आफूलाई विस्तृत जानकारी नगराएको भन्दै राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेका छन् ।

आफूलाई स्पष्टीकरण सोधेर निलम्बन गरेको कारणसहितका प्रमाण दिन जनमत पार्टीसंग पटक पटक कागजात माग गर्दा पनि नदिएको भन्दै साह आयोगमा पुगेका छन् ।



 

साहले २०८२ साल असार ८ गते पार्टीको केन्द्रीय कार्यालयको इमेल र सूचना अधिकारीको ह्वाट्सएपमार्फत निवेदन बुझाउँदै निलम्बनसम्बन्धी निर्णय, त्यसको कानुनी आधार, बैठक कार्यवृत्त तथा प्रमाणहरू सूचना ऐन २०६४ बमोजिम माग गरेका थिए । तर सो निवेदनमा कुनै प्रतिक्रिया नआएपछि कानुनी अधिकार प्रयोग गर्दै साहले आयोगमा पुनरावेदन गरेका छन् ।

योजनाबद्ध ढंगले आफ्नो चरित्र हत्या गर्ने प्रयास भइरहेको आरोप लगाउँदै उपाध्यक्ष साहले यसबारे २०८१ असोजमै पार्टीको स्थायी समितिमा जानकारी गराए पनि आवश्यक प्रमाणहरू उपलब्ध नगराइएको दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार