अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण १७, शनिबार १४:३८

सिराहाको गोलबजार नगरपालिका– ५ स्थित निपनिया मलहाटोलमा खानेपानी थाप्न गएकी महिलामाथि कुटपिटसहित दुव्र्यवहार भएको छ ।

खडेरीले घरमा रहेको खानेपानीको कल सुकेपछि पानी थाप्न गएकी स्थानीय करिब ३५ वर्षीया ममताकुमारी मुखियालाई बिहीबार बिहान करिब ६ बजेतिर स्थानीय कपिल साह र उनका छोराहरूले कुटपिटसहित दुव्र्यवहार गरेका हुन् ।



 

साहले घरछेउमै विद्युतीय मोटरबाट पानी तानेर आफ्नो खेतमा लगाइरहेका बेला खाना पकाउने पानी थाप्न गएकी मुखियालाई ‘मेरो निजी खर्चमा चलाएको मोटरमा किन पानी थाप्न आएको ? भन्दै कुटपिट गरेको स्थानीय मञ्जु सदायले बताइन् । ‘पानीजस्तो नभइनहुने वस्तु, त्यसमा पनि खडेरी छ,’ उनले भनिन्, ‘एक बाल्टिन पानी थाप्न जाँदा गालीगलौज गर्दै कुटपिट नै गरे।’ कुटपिटबाट टाउको, अनुहारमा चोटपटक लागेकी मुखिया रुँदै–कराउँदै घर आएपछि तत्काल छिमेकीहरूले उपचारका लागि सिराहा प्रादेशिक अस्पताल पु¥याएको स्थानीय सदायले बताइन् ।

‘विद्युतीय मोटर चलाउँदा घरको हातेकल सुकेकाले राति चलाउनुस् मात्र भनेकी थिएँ,’ पीडित मुखियाले भनिन्, ‘उल्टै मुखमुखै लाग्छेस् भन्दै बाबुछोरा मिलेर कुटे ।’ पीडित मुखियाले खडेरीका वेला घरमा पिउनसमेत नभएपछि पानी लिन जाँदा कुटपिट र दुव्र्यवहार गरेका बाबुछोराविरुद्ध जिल्ला प्रहरी कार्यालय सिराहाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेलमा उजुरी दिएकी छन् ।

घटनाको विषयमा अनुसन्धान थालिएको सिरहा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार