अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण १७, शनिबार ११:०४

भारतीय सिमाना संग जोडिएको रौतहटको दक्षिण भेग ईशनाथ नगरपालिका २ स्थित बनाना रिसोर्ट (केराबारी) मा सनिवार बिहान पौने ४ बजे भीषण आगलगी भएको छ।

 

आगलगीका कारण रिसोर्टमा रहेको सम्पूर्ण सरसामान जलेर नष्ट भएको छ। रिसोर्टका सञ्चालक राकेस गुप्ताका अनुसार आगलगीबाट करिब ४० लाख रूपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ।

 

 

उक्त रिसोर्ट नेपाल सरकार तथा श्री जौहरीमाई कृषि तथा सहकारी संस्थाका साझेदारी लगानीमा निर्माण गरिएको हो। निर्माण खर्चमध्ये आधा नेपाल सरकार र आधा निजी लगानी रहेको थियो।

 

आगलगीमा परेर करीब १५ लाख रूपैयाँ बराबरको कृषि उपकरणहरू, खाद्यान्न, फर्निचर, फ्रिज, इलेक्ट्रोनिक सामग्री लगायतका बहुमूल्य सामान जलेर पूर्ण रूपमा नष्ट भएका छन्।

 

घटनाको जानकारी पाएलगत्तै स्थानीय सशस्त्र प्रहरी बल बीओपीका औरैयाका इन्चार्ज इन्स्पेक्टर सुशील सिंह, ईशनाथ प्रहरी चौकीको टोली ,नगरपालिकाको दमकल टोली र स्थानीयहरू घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिन सफल भएका थिए।

 

हालसम्म आगलगीको मुख्य कारण यकिन हुन नसके पनि प्रारम्भिक अनुमान अनुसार विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने आशंका गरिएको छ। जिल्ला प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीले घटनाको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जनकपुर टुडेलाई जानकारी दिएका छन्।

 

उक्त बनाना रिसोर्ट सञ्चालनमा आएदेखिनै नेपाली ग्राहकका साथै भारतीय ग्राहकहरुको लागी आकर्षणको केन्द्र बनेको थियो। बनाना रिसोर्टमा तिनादर्जन भन्दा बढी केराको परिकार तयार हुँदै आएको स्थानिय सञ्चारकर्मी किशोरी प्रसाद यादवले बताएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार