अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण १५, बिहीबार १४:५६

प्रधानमन्त्री केपी शर्मा ओलीले यहि साउन १८ गतेदेखि २३ गतेसम्म तुर्कमेनिस्तान भ्रमण गर्नुहुने भएको छ ।

भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जान लाग्नुभएको हो । बिहीबार सिंहदरबारमा साउन १२ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले प्रधानमन्त्रीको नेतृत्वमा तुर्कमेनिस्तान भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने र भ्रमण स्वीकृत गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

बैठकले बाढिबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुनस्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २ दशमलव ८ अर्व जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने रानी जमरा सिँचाई आयोजना तेश्रो चरणका लागि विश्व बैंक समूहको अन्तराष्ट्रिय बिकास संस्थाबाट प्राप्त हुने करिव १८ अर्व ९२ करोड नेपाली रुपैया बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताउनुभयो ।

बैठकले न्याय सेवा आयोगको सिफारिस अनुसार सर्वोच्च अदालतका रजिष्टार विमल पौडेललाई न्याय सेवा राजपत्राङ्कित विशिष्ट श्रेणीको सर्वोच्च अदालतको मुख्य रजिष्टार पदमा बढुवा गर्ने निर्णय गरेको उहाले बताउनुभयो ।

प्रवक्ता गुरुङले बर्षा नहुदा समस्या परेका किसानलाई आवश्यक राहत लगाएतका व्यवस्था गर्न सरकारले तराई मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको बताउनुभयो । खरिद, निर्माण प्रक्रियाका लागि सहज रुपमा व्यवस्था गर्न सवै मन्त्रालयहरु गम्भीर भएको उहाले जानकारी दिनुभयो ।

प्रवक्ता गुरुङले जनताप्रति उतरदायी र जिम्मेवार भएर तत्काल समस्या समाधान गर्न खोजेको भन्दै यसमा अनावश्यक राजनीतिक स्टन्डबाजी आवश्यक नरहेको जिकिर गर्नुभयो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार