अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण १४, बुधबार १५:३०

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पदबाट हटाएको छ ।

विधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको भन्दै उनलाई अध्यक्ष पदबाट हटाइएको जानकारी नाउपाले मंगलबार निर्वाचन आयोगमा दर्ता गराएको हो ।

पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि श्रेष्ठले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी थिइन् । तर उक्त निर्णय पार्टीभित्रै विवादित बनेको थियो ।

पार्टी अनुशासन समितिले चौधरीलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन चेतावनी दिएको थियो ।

रामलाल डगौरा संयोजक रहेको अनुशासन समितिमा सुनिता चौधरी र पुण्य बुढा सदस्य छन् । समयमै जवाफ नआएपछि समितिले उनलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरेको हो ।

नाउपाका अनुसार अनुशासन समितिको कारबाहीलाई राजधानीको मध्यबानेश्वरमा जारी राष्ट्रिय भेलाले अनुमोदन गर्नेछ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार