अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण १४, बुधबार १२:३१

काठमाडौं, साउन १४ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट बुधबार थप २५ अर्ब रुपैयाँको तरलता तान्ने भएको छ। राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गर्दै ४२ दिन अवधिका लागि तरलता संकलन गर्न लागेको जानकारी दिएको हो।

सूचना अनुसार बोलकबोल प्रक्रियामार्फत हुने उक्त निष्कर्षणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ प्रस्ताव गर्न सकिनेछ भने अधिकतम ५ करोड रुपैयाँका दरले भाग लगाएर निःशेष भागसम्म स्वीकृति दिइनेछ।

बोलकबोल आज (साउन १५) दिउँसो ३:०० बजे Online Bidding System Software मार्फत हुनेछ। यस निष्कर्षणको साँवा र ब्याज भुक्तानी भदौ २५ गते हुने जनाएको छ।

राष्ट्र बैंकले यस माध्यमबाट प्रणालीमा रहेका अतिरिक्त तरलता नियन्त्रण गरी मौद्रिक सन्तुलन कायम गर्न खोजेको हो।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार