अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण १३, मंगलवार १४:३८

एजेन्सी ।
भारतको झारखण्डको देवघर जिल्लास्थित मोहनपुरमा बस र ट्रक ठोक्किदा १८ जना काँवर यात्रीको मृत्यु भएको आशंका गरिएको छ । यद्यपि मृत्युको संख्याबारे अहिलेसम्म पुष्टी भएको छैन । त्यस्तै २० भन्दा बढी श्रद्धालु घाइते भएको बताइएको छ ।
गोड्डा–देवघर सडकखण्ड अन्तर्गत मोहनपुर थाना क्षेत्रको जमुनिया मोड नजिक बिहान करिब साढे ५ बजे काँवरियाहरू सवार बस ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो । गंगाजल लिएर बैद्यनाथधाम दर्शनका लागि जाँदै गरेका श्रद्धालुहरू रातभर यात्रा गरेर बसमा सवार थिए । मोडमा तीव्र गतिमा रहेको बस ट्रकसँग ठोक्किँदा ठूलो क्षति भएको भारतीय प्रहरीले जनाएको छ ।
घटनास्थलमा तत्कालै मोहनपुर थाना प्रमुख प्रियरंजन नेतृत्वको प्रहरी टोली पुगेर उद्धार कार्य गरिरहेका छन् । स्थानीयवासीको सहयोगमा घाइतेहरूलाई एम्बुलेन्समार्फत मोहनपुर सामुदायिक स्वास्थ्य केन्द्रमा पु¥याइएको छ ।
घटनाप्रति सांसद निशिकान्त दुबेले गहिरो दुःख व्यक्त गर्दै १८ जना श्रद्धालुहरूको मृत्यु भएको पुष्टि गरेका छन् । यता, झारखण्डका स्वास्थ्य मन्त्रीले भने घटनामा ६ जनाको मृत्यु र २३ जना घाइते भएको औपचारिक जानकारी दिएका छन् । झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले पनि दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै घाइतेहरूको उपचारका लागि जिल्ला प्रशासनमार्फत आवश्यक सबै व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार