अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण १३, मंगलवार १२:०५

जनकपुरधाम ।
जनकपुरधाम–४ स्थित गएराति खुकुरी प्रहरी गरी एक किशोरीको हत्याका आरोपी फरार भएका छन् ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले गएराति करिब साढे ११ बजे जनकपुरधामस्थित स्वर्गीय सूर्यनन्द चौधरीको एकतले पक्की घरमा डेरा गरी बस्दै आएकी किशोरी अञ्जलीकुमारी यादवको हत्या गरी फरार भएको धनुषा प्रहरी श्रोतले जनाएको छ ।
आक्रमणमा अञ्जलीकुमारी यादवको घटनास्थलमै मृत्यु भएको छ भने अञ्जलीकी आमा आशा यादव र भतिजी १४ वर्षीया राधा यादव गम्भीर घाइते छन् । उनीहरूलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।
आरोपी साह आफ्नै श्रीमतीको हत्या अभियोगमा ५ वर्ष जेल सजाय भोगेर छुटेको अभियुक्त रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न साहको खोजतलाश भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार