अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण १२, सोमबार १४:३०

काठमाडौं ।
संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा डा.सीके राउत नेतृत्वको जनमत पार्टी सहभागी नहुने भएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपाल (जसपा)ले सोमबार बोलाएको बैठकमा जनमत सहभागी नहुने भएको हो ।
मधेश केन्द्रित सात दलको मोर्चाले बैठक आलोपालो आह्वान गर्दै आएका छन् । आजको बैठक जसपा नेपालले आह्वान गरेको छ । सिंहदरबारस्थित जसपा नेपालको संसदीय दलको कार्यालयमा अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको छ । छलफलका एजेण्डाहरुमा मोर्चाको निर्धारित कार्यक्रम, कुमार लिङ्देन तथा केपी पालुङ्वाको पार्टीहरुसँग मोर्चाको सहकार्य र विविधि राखिएको छ ।
जनमतप्रति जसपा नेपालको व्यवहार, रुपन्देही–३ उपनिर्वाचन लगायतका कारणले मोर्चाको बैठकमा संलग्न नहुने अवस्था बनेको जनमतका नेताहरुले बताएका छन् । ‘मोर्चाप्रति हाम्रा केही चासोका विषय छन् । ती मुद्दाबारे पार्टीभित्र पनि छलफल गरेर कसरी अघि बढ्ने कुरा हुन्छ । मोर्चाको आजको बैठकमा जनमत सहभागी हुँदैन’, जनमतका प्रवक्ता डा.शरदसिंह यादवले भने ।
गत चैतमा गठन भएको मोर्चामा जनमत, जसपा नेपाल, नाउपा, राजेन्द्र महतोको नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, महन्थ ठाकुर नेतृत्वको लोसपा, हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार