अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण १२, सोमबार १४:२०

वर्षासँगै आएको बाढी र पहिरोले विभिन्न सात ठाउँका सडक पूर्णरुपमा अवरुद्ध भएका छन् । नुवाकोट, रसुवा, सिन्धुपाल्चोक र जाजरकोटमा गएरातिदेखि सडक अवरुद्ध भएको हो भने अरू तीन ठाउँका सडक भने यसअघि नै अवरुद्ध भएर सञ्चालन हुन नसकेका हुन् । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाञ्चोकको भोटेकोशी गाउँपालिका २ कोदारीमा पहिरोले सडक अवरुद्ध भएको छ ।

यस्तै नुवाकोटको शिवपुरी गाउँपालिका ५ चालिसेमा पहिरोका कारण मध्यपहाडी लोकमार्ग र रसुवाको गोसुाईकुण्ड गाउँपालिका २ मा पहिरोका कारण पासाङ ल्हामु सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।

जाजरकोटको छेडागाड नगरपालिका ३ दंखेरी भिर गिट्टिखोलामा पहिरोका कारण मध्य पहाडी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । यसअघि अवरुद्ध भएका कर्णाली करिडोर अन्तर्गत हुम्ला, भेरी करिडोर अन्तर्गत रुकुम पश्चिमको आठबीसकोट र कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको भोटखोलाको सडक अझै खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार