अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण १२, सोमबार ११:४०

मैथिल नवविवाहिता महिलाहरुले मनाउने मधुश्रावणी पर्व टेमी विधि संगै आज सम्पन्न भएको छ ।

सामाजिक सांस्कृतिक परम्परामा आधारित यो पर्व वैवाहिक जीवनमा प्रवेश गरेको पहिलो वर्षमा मनाइने गरिन्छ । पर्वको अन्तिम दिन आज टेमी विधिसंगै सम्पन्न भएको हो । यसमा बेहुलीको आँखा छोपी घुँडा र खुट्टा डाम्ने गरिन्छ । सामान्य अर्थमा यो विधि अव्यवहारिक, अन्धविश्वासी, रूढिवादी परम्परामा आधारित भएको देखिएपनि एउटा खास धार्मिक, सांस्कृतिक मान्यताको प्रतीकको रुपमा मानिन्छ ।

टेमी विधिले डाम्दा हुने पीडा जतिकै दाम्पत्य जीवनमा पर्न सक्ने दुःख, कष्ट, पीडा खप्ने हुनुपर्दछ भन्ने अर्थमा अथ्र्याइएको पाइन्छ । तेह्र दिनसम्म मनाइने यस पर्वमा विभिन्न गीत गाउँदै साथीहरूसँगै फूलबारीमा फूल टिप्दै पर्व मनाउने गर्छन् । वर्षा ऋतुमा सर्पको भूमिमा आगमन र विचरणले मानव जीवन त्रस्त हुनुले नाग–नागिन र प्रकृतिको प्रतीक भएकाले यो पर्वमा मुख्यतया शिव, पार्वती तथा नाग– नागिनको पूजा गरिन्छ ।

साउन महिनाको मौना पञ्चमीदेखि शुरु भएको यो पर्व साउन तृतीया तिथिका दिन समापन हुन्छ । यो पर्व मैथिल समुदायका ब्राह्मण, कायस्थ, देव र सोनार जातिले मनाएका छन् । पर्वमा प्रत्येक दिन गौरी तथा नाग–नागिनको पूजा गरी शिव, पार्वती र नागसँग सम्बन्धित कथाहरु नवविवाहिता महिलाहरुलाई सुनाइने गरिन्छ ।

गौरीलाई दाम्पत्य जीवनको संरक्षिका र नागलाई नारीको पतिका रूपमा मानिएकाले यस पर्वमा गौरी तथा नाग– नागिनको विशेष पूजा आराधना गर्ने गरिएको संस्कृतिविद एवं मैथिलीका बरिष्ठ साहित्यकार डा राजेन्द्र विमलले बताए ।

१३ दिनसम्म मनाइएकमो यो पर्वमा मौनापञ्चमी एवं विसहराको जन्म कथा, मनसा र मंगला गौरीको कथा, पृथ्वीको उत्पत्ति, समुद्र मन्थन, सतीको पवित्रताको कथा, शिवको पारिवारिक कथा, गंगा उत्पत्ति, गौरीको जन्म र कामको कथा, गौरीको तपस्या, गौरी विवाहका जन्तीको कथा, कार्तिक र गणेशको जन्म, सन्ध्या र लीलीको विवाह, सुकन्या, बाल वसन्त र गोसाउनीको कथा, राजाश्रीकर र गणेशद्वारा सुहाग मन्थनको कथा सुनाइएको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार