अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण १२, सोमबार ११:३७

वर्षातको कामना गर्दै धनुषाधामस्थित धनुष मन्दिरमा दुध चढाइएको छ । लामो समयदेखि वर्षा नभएपछि स्थानीय किसानले वर्षाको कामना गर्दै मन्दिरमा दुध चढाइएको छ ।

धनुष मन्दिरमा दुध अर्पणमा वर्षा हुने धार्मिकविश्वास छ । तीन वर्ष पहिला पनि यस्तै खडेरी लाग्दा दुध चढाएपछि वर्षा भएको स्थानीयको भनाइ छ । त्यही विश्वासले आइतबार बिहान विशेष पूजाको आयोजना गरी मन्दिरभित्र रहेको धनुषको टुक्रामा स्थानीय किसानले दुध चढाइएको मन्दिरका पुजारी भरतदास वैष्णवले जानकारी दिए ।

वर्षाको पुकार गर्दै धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डललगायत चार सयभन्दा बढी किसानले दुध चढाएका छन् । पानी नपर्दा यसरी नै पुस्तौँदेखि यहाँ दुध चढाउने परम्परा रहेको उनले बताए । साउन महिनाको दोस्रो साता बितिसक्दा समेत वर्षा नहुँदा धान रोप्न नपाएर चिन्तित बनेका यहाँका किसानले घरघरबाट लिएर आएको दुध प्रसिद्ध धनुष मन्दिरमा चढाएको स्थानीय युवा नागेन्द्र महराले बताए ।

पम्पिङ सेटबाट सिँचाइ गरेर कतिपय किसानले धान रोपेको भए पनि चर्को घामले धानबाली डढ्न थालेको छ । पानी नपर्दा मुठी छरेर मानो फलाउने आशा लिएर बसेका किसानले धानको बीउ छरे पनि रोप्न नपाएर चिन्तित देखिएको महराको भनाइ छ । धनुषालगायत मधेशमा लामो समयदेखि वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको छ भने खानेपानीको संकटसमेत उत्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार