अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण १२, सोमबार ११:३३

अब सार्वजनिक ठाउँमा टेलिकम कम्पनी बाहेक अरूको वाईफाई बन्द हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले वाईफाई हटस्पट सञ्चालन विनियमावली २०७५लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा वा आधारभूत टेलिफोन सेवाबाहेकका अरू संस्थाले सार्वजनिक ठाउँमा दिइरहेको वाईफाई बन्द गर्नु गरी विनियमावली संशोधन भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार अरू संस्थाले कुनै भवन वा भवनले ओगटेको घर कम्पाउण्ड, बसपार्क, विमानस्थल, अस्पताल, रेस्टुरेन्ट, सपिङमल, उद्यान, बगैंचा लगायत सार्वजनिक ठाउँले ओगटेको निश्चित क्षेत्रफल भएको ठाउँमा वाईफाई सञ्चालन गर्न पाउनेछन् ।

यस्तै, यस्ता संस्थाले एक पटकमा निश्चित समयावधिको लागि वा निश्चित मात्रामा मात्र सार्वजनिक ठाउँमा वाईफाई हटस्पट स्थापना गर्न सक्ने व्यवस्थामा भने रोक नलगाइएको प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार