अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण ११, आईतवार १२:१०

बिजुलीको माग धान्न नसकेपछि नेपाल विद्युत् प्राधिकरणले चितवनमा आज घोषित रूपमै लोडसेडिङ गरेको छ। पश्चिम चितवनमा आज ६ घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ।

पश्चिम चितवन र माडी क्षेत्रमा आइतबार बिहान ३ र दिउँसो ३ घण्टा लोडसेडिङ हुन लागेको हो।

प्राधिकरण चनौली वितरण केन्द्रले सूचना जारी गर्दै माग बढेको कारण लोडसेडिङ गर्नुपरेको भन्दै तालिका सार्वजनिक गरेको हो।

अत्यधिक गर्मी र रोपाइँको समयमा आकाशबाट पानी नपरेकाले सिँचाइ ग्राहकको भार बढ्न गएको कारण विद्युत् आपूर्ति बन्द गर्नुपरेको सूचनामा उल्लेख छ।

प्राधिकरणका अनुसार १३२/ ३३ केभी सब स्टेसनबाट आउने ३३ केभी डग कण्डक्टर तारमा तीन सय एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने तर लोड ४५० एम्पियरभन्दा बढी भएकाले वितरणमा व्यवस्थापन मिलाउनुपर्ने भएकाले विद्युत् कटौती गर्न गर्न लागिएको हो।

वितरण केन्द्र चनौलीअन्तर्गत नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरमा विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

तालिकाअनुसार नारायणी–माडी फिडरहरूमा बिहान ६ देखि ९ बजे र दिउँसो ३ देखि ६ बजेसम्म, मेघौली-विजयनगर-शुक्रनगर फिडरहरूमा बिहान ९ देखि १२ र साँझ ६ देखि ९ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।

यस्तै जगतपुर-रामपुर फिडरहरूमा मध्याह्न १२ देखि ३ बजेसम्म र बेलुका ९ देखि १२ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने कार्यालयले जनाएको छ।

हेर्नुहाेस् सूचना 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार