अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण ११, आईतवार १२:०२

गृहमन्त्री रमेश लेखकले तराई–मधेशका २१ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई खानेपानी र सिँचाइको सङ्कट निवारणका लागि आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ । विशेषगरी विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएको मधेश प्रदेशका जिल्लामा खानेपानी र सिँचाइको सङ्कट व्यहोरिरहेका नागरिकलाई सहायता गर्न सीडीओलाई गृहमन्त्रीको निर्देशन छ ।

गृहमन्त्री लेखकले हिजो तराई–मधेशका जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्नुभएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा ‘भर्चुअल’ रूपमा आयोजित समन्वयात्मक बैठकमा उहाँले खानेपानी र सिँचाइको समस्याग्रस्त स्थानमा प्राथमिकताका आधारमा डिप ट्युववेल र डिप बोरिङ जडान गर्ने ठाउँ पहिचान गर्ने कार्यका लागि समन्वय र सहजीकरणका लागि काम गर्न आग्रह गर्नुभयो ।

सङ्कटको अवस्थामा फाइदा उठाएर कसैले ‘कार्टेलिङ’ र कालोबजारी गर्नसक्ने भएकाले अनुगमन गर्न पनि उहाँले निर्देशन दिनुभएको छ । सरकारले मधेशलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । यसअघि, असार २६ गते मधेश प्रदेश सरकारले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार