अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण ११, आईतवार ११:५८

भारतको बिहार प्रदेशमा सीता माताको ऐतिहासिक विभिन्न धार्मिक स्थल निर्माणमा केन्द्र सरकारदेखि बिहार प्रदेश सरकार जुटेका छन् ।

उत्तर प्रदेशस्थित अयोध्यामा राम मन्दिर निर्माण भएपछि सीताको जीवनपद्धतिसंग जोडिएका विभिन्न धार्मिक स्थलहरु सीतामढीस्थित पुनौराधाम र मधुवनी जिल्लाको फुलहरमा रहेको गिरिजा स्थानलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास प्रदेश सरकारले ३१ करोड भारतीय रुपैया(४९.६० करोड नेपाली) रुपैयाँको बजेट शनिवार घोषणा गरिएको छ ।

गिरिजा स्थानमा भगवान सीता र रामको पहिलो भेंट भएको रामायणमा वर्णन गरिएको छ । गिरिजास्थानको पर्यटकीय विकासका लागि मुख्यमन्त्री नितेश कुमारले सो योजनाको घोषणा गरेका छन् ।

भारत सरकारको गृहमन्त्री अमित शाहले आगामी ८ अगस्तमा एकदिवसीय भ्रमण अन्तर्गत सीतामढीस्थित पुनौराधाममा निर्माण हुने माता जानकीको भव्य मन्दिरको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । भारत सरकारले मन्दिर र पुनौराधामको विकासका लागि ८ अर्ब ८० करोड भारतीय रुपैया( १४ अर्ब ८ करोड)नेपाली रुपैयाको बजेट छुट्टयाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार