अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण ११, आईतवार ११:५५

सञ्जय मिश्रा
बारा, ११ साउन । बाराको सिमरा चोकमा प्रहरीले भन्सार छलीको आशंकामा ५२ लाख भन्दा बढीको विभिन्न सामानसहितको ट्रक नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराबाट प्राप्त जानकारीअनुसार विशेष सूचनाका आधारमा शुक्रवार राति  १० बजे ईलाका प्रहरी कार्यालय सिमराबाट डिएसपी वेद प्रकाश जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख ५६७२ नम्बरको डिब्बा ट्रकलाई रोकि चेकजाँच गरेको थियो।

जाँचका क्रममा ट्रकमा लोड गरिएको सामानहरूको बिल–बिजक प्रस्तुत गरिएकासँग फरक पाइए पछि र भन्सार छलीको आशंका लागे पछि ट्रक नियन्त्रणमा लिइएको हो। ट्रकमा अन्दाजी ५२ लाख ७० हजार ९३ रुपैयाँ बराबरको कपडा, साइकल पार्ट्स, केमिकल, विभिन्न औषधि लगायतका खुद्रा सामानहरू लोड रहेको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले न्युज कारखानालाई बताए ।

ट्रक र सामानहरू नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार