अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण १०, शनिबार १२:१७

गएको आर्थिक वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ३७ हजारभन्दा धेरै उजुरी परेको छ ।

 

अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएकासहित गएको आर्थिक वर्षमा ३७ हजारभन्दा धेरै उजुरीको अध्ययन तथा अनुसन्धान गर्नुपर्ने अवस्था आएको अख्तियारले आएको छ ।

 

उजुरीमध्ये आधाभन्दा धेरै ५३.८४ प्रतिशत पालिकासँग सम्बन्धित छन् । सङ्घीय सरकारविरुद्ध ३३.६९ प्रतिशत र प्रदेश सरकारविरुद्ध १२.४७ प्रतिशत उजुरी परेको आयोगले जनाएको छ ।

 

आयोगले गएको वर्षमा १३७ वटा भ्रष्टाचारसम्बन्धी मुद्दा विशेष अदालतमा दायर गरेको छ, जसमा झन्डै ६ अर्ब रुपैयाँबराबरको बिगो माग दाबी गरिएको छ ।

 

सबैभन्दा बढी उजुरी आयोगको वेबसाइटमार्फत आएका छन् । त्यसपछि लिखित निवेदन, इमेल, हुलाक सेवा, मोबाइल एप, भाइबर, समाचार, हेलो सरकारलगायतका माध्यमबाट उजुरी दर्ता भएको र तीमध्ये ८० प्रतिशतभन्दा बढी उजुरीमाथि छानबिन गरी फछ्र्यौट गरेको आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार