अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण ९, शुक्रबार १६:२५

खानेपानीमन्त्री प्रदीप यादवले मधेश प्रदेशका आठ वटा जिल्लाको खानेपानी सङ्कट समस्या समाधानका लागि सबै क्षेत्रको साझा जिम्मेवारी आवश्यक रहेको बताउनुभएको छ ।

 

पर्साको ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको निर्मल बस्ती खानेपानी आयोजना उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री यादवले तराई/मधेशका जिल्लाहरूले अहिले गम्भीर जलसङ्कटको सामना गरिरहेका बताउनुभयो । उहाँले अब सहानुभूति मात्र नभई साझा जिम्मेवारी आवश्यक रहेकोमा जोड दिनुभयो ।

 

मन्त्री यादवले दातृ निकाय, सङ्घ–संस्था र नागरिक समाजलाई आवश्यक सहयोग गर्न पनि आह्वान गर्नुभयो ।

 

निर्मल बस्ती आयोजनामार्फत ठोरीका दुई हजारभन्दा धेरै नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार