अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण ८, बिहीबार १५:२४

रूसमा यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ।

सुदूरपूर्वी आमुर क्षेत्रमा भएको दुर्घटनामा करिब ५० जना सवार सबैको ज्यान गएको आशंका गरिएको छ। प्रारम्भिक जानकारी अनुसार, ८८‘एङ्गारा एयरलाइन्स’८८को एएन–२४ ९एंटोनोव० मोडेलको सोवियतकालीन विमान ब्लागोभेसेचेन्स्कबाट उडेको थियो र टिण्डा सहरतर्फ जाँदै गर्दा दुर्घटना भएको हो।

रूसमा यात्रुवाहक विमान दुर्घटनापछि विमानको मलबा टिण्डाबाट १५ किलोमिटर टाढा जंगलको एक पहाडी क्षेत्रमा फेला परेको रूसी आपतकालीन सेवाहरूले जानकारी दिएका छन्। हेलिकोप्टरमार्फत खिचिएको तस्वीरहरूमा विमानको अगाडिको भाग आगोको लप्कामा परेको देखिएको छ ्र

रूसी सञ्चारमाध्यमका अनुसार, विमानको अवशेष अत्यन्त दुर्गम तथा अग्निलिप्त जंगलमा फेला परेकाले बचाउ कार्यमा कठिनाइ भइरहेको छ। घना वनक्षेत्र, चीनको सिमासँग जोडिएको भूगोल तथा मौसमको प्रतिकूलताका कारण उद्धार टोली घटनास्थलसम्म पुग्न संघर्ष गरिरहेका छन्।

रूसी समाचार एजेन्सी  अनुसार, दुर्घटनाको सम्भावित कारण खराब मौसम र चालक दलको त्रुटि हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। विमान ल्यान्ड गर्न खोज्ने क्रममा कम दृश्यताका बीच नेभिगेसनमा त्रुटि भएको र त्यसै क्रममा विमान पहाडमा ठोक्किएको हुन सक्ने अधिकारीहरूले जनाएका छन्।

विमानमा सवार यात्रु र चालक दलको संख्याबारे प्रारम्भिक विवरणमा भिन्नता भए पनि ५० जनाजतिको मृत्यु भएको आशंका गरिएको छ। अहिलेसम्म कोही पनि जीवित भेटिएको छैन, तर उद्धार टोलीले घटना स्थलमा पुगी विस्तृत खोजी कार्य जारी राख्ने तयारी गरिरहेको छ।

रूसी उड्डयन नियामक निकाय ‘रोसावियात्सिया’ले दुर्घटनाको विस्तृत छानबिन सुरु गरिसकेको छ। साथै, विमानको कालो बाकस ९ब्ल्याक बक्स० पत्ता लगाउने प्रयास पनि भैरहेको छ। दुर्घटना स्थलको दुर्गमता र आगलागीका कारण यो कार्य पनि कठिन हुँदै गएको अधिकारीहरूले बताएका छन्।

दुर्घटना भएको विमान सन् १९७६ मा निर्मित पुरानो मोडेलको हो, जुन सोभियत संघकालमा निर्माण गरिएको थियो। यस्तो खालका विमान अझै पनि केही सुदूर र छोटो दूरीको उडानका लागि प्रयोग गरिँदै आएको पाइन्छ।

यस घटनाले फेरि एक पटक रूसको उड्डयन सुरक्षामाथि प्रश्न उठाएको छ। यात्रुका आफन्तहरूले सरकारसँग दुर्घटनाको पारदर्शी छानबिन र प्रभावकारी उद्धार कार्यको माग गरेका छन्।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार