अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण ८, बिहीबार ११:४०

काठमाडौं ।
कुलिङ पिरियडको गडबडीबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले सोधपुछलाई अन्तिम चरणमा पु¥याएको छ ।
मुख्यसचिव एकनारायण अर्याल, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र सहसचिव, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र सहसचिव, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र समितिका सचिव सुरजकुममार दुरा लगायत राजनीतिक दलका नेताहरूसँग समेत समितिले सोधपुछ गरेको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार लगायतसँग समितिले सोधपुछ गरिसकेको छ ।
समितिका सदस्यहरूका अनुसार सोधपुछको कार्य अन्तिम चरणमा पुगेको छ । सोधपुछ सकाएर प्रतिवेदन लेख्ने समितिको तयारी छ ।
राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी कर्मचारीक लागि राजीनामा दिएपछि वा अनिवार्य अवकाश पाएपछि २ वर्षसम्म संवैधानिक, कुटनीतिक वा अन्य नियुक्ति नपाउने गरी ऐन बनाउने सहमति जुटाएको छ । यसअनुसारको भाषासहित संघीय निजामती सेवा विधेयक पारित गरेको छ । तर, कुलिङ अफ पिरियड लागू नहुन सक्ने वा निष्कृय हुने भाषासमेत विधेयकको प्रतिवेदनमा परेको भनेर छानबिन गर्न संसदीय विशेष समिति बनेको हो ।
नेपाली कांग्रेसका सांसद जीवन परियारको नेतृत्वमा गठित सात सदस्यीय विशेष संसदीय समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २÷२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १÷१ जना सदस्य छन् ।
२३ असार २०८२ मा गठित समितिमा कांग्रेसका सांसदहरू जीवन परियार र सुशीला थिङ सदस्य छन् भने नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् । नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार