अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण ८, बिहीबार ११:३४

एजेन्सी ।
विश्वका शक्तिशाली पासपोर्ट (राहदानी)हरूको सूचीमा नेपाल ९२औं स्थानमा परेको छ । हेन्ली पासपोर्ट सूचकांक २०२५अनुसार विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाली पासपोर्ट अन्तिमबाट नवौं स्थानमा परेको हो ।
१०१ देशमध्ये नेपाली पासपोर्ट ९२ औँ स्थानमा छ । नेपालसँगै दक्षिण सुडान र नाइजेरियाको पासपोर्ट पनि ९२ औँ स्थानमै छ । गत वर्ष सन् २०२४ मा नेपालको पासपोर्ट ८७औँ स्थानमा थियो । नेपालपछि सुडान, लिबिया, उत्तर कोरिया, बंगलादेश, यमन, पाकिस्तान, सोमालिया, इराक, सिरिया र अफगानिस्तान छन् । सबैभन्दा अन्तिममा अफगानिस्तानको पासपोर्ट रहेको छ ।
विश्वका पासपोर्टमध्ये कुन पासपोर्टले कति देशमा फ्री भिसा र भनेकै बेला भिसा पाएर प्रवेश गर्न सकिन्छ भन्ने आधारमा सूचकांक तयार पार्ने गरिन्छ ।
छिमेकी मुलुक भारत ८५औं स्थानबाट ७७ औं स्थानमा पुगेको छ । भारतमा अब कुल ५९ देशहरूमा भिसा–मुक्त वा आगमनमा भिसा सुविधा छ । यो अघिल्ला वर्षको तुलनामा थोरै वृद्धि हो ।
२०२५ मा चीनको वरीयता पनि उल्लेखनीय रहेको छ। २०१५ मा ९४ औं स्थानमा रहेको चीन अब ६० औं स्थानमा पुगेको छ । बेलायत छैटौं स्थानमा झरेको छ भने अमेरिका १० औं स्थानमा पुगेको छ।
धेरै युरोपेली देशहरू तेस्रो र चौथो स्थानमा छन् । फ्रान्स, जर्मनी, आयरल्याण्ड, इटाली र स्पेनजस्ता देशका मानिसहरू १८९ देशहरूमा भिसा–मुक्त यात्रा गर्न सक्छन्, जबकि अस्ट्रिया, बेल्जियम, स्वीडेन र पोर्चुगल जस्ता देशहरू चौथो स्थानमा छन् ।
हेन्ली सूचकांक २०२५ मा सबैभन्दा शक्तिशाली पासपोर्ट सिंगापुर हो, जसका नागरिकहरूले १९३ देशहरूमा भिसा–मुक्त प्रवेश पाउँछन् । सिंगापुरले जापान र दक्षिण कोरियालाई उछिनेर शीर्ष स्थान ओगटेको हो ।
जापान र कोरिया संयुक्त रूपमा दोस्रो स्थानमा छन्, जसका नागरिकहरूले १९० देशहरूमा भिसा–मुक्त यात्रा गर्न सक्छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार