अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण ८, बिहीबार ०७:२८

पशु काटदिने वा टोक्ने घटनापछि जीवनरक्षाका रूपमा अत्यावश्यक मानिने रेबिजविरुद्धको खोप (सुई) नारायणी अस्पताल, वीरगञ्जमा विगत तीन सातादेखि अभाव भएको छ । निःशुल्क रूपमा उपलब्ध हुनुपर्ने यो खोप नपाउँदा सेवाग्राहीहरू उपचारका लागि भौतारिनुपर्ने अवस्था आएको छ ।

अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार रेबिज खोपको आपूर्ति व्यवस्था केन्द्र सरकारले गर्छ, जसपछि स्वास्थ्य विभागमार्फत प्रदेश र अन्ततः अस्पतालहरूमा वितरण गरिन्छ। तर केन्द्रबाट नै आपूर्ति नहुँदा नारायणी अस्पतालमा सेवा रोकिएको डा. सिंहले बताए ।

हाल अस्पतालमा दैनिक १० देखि १५ जनासम्म रेबिज खोप लगाउन आउने गरेका छन् । तर खोप नभएकाले ती सबै बिरामीलाई बाह्य मेडिकल स्टोरबाट निजी रूपमा खोप किनेर ल्याउन सिफारिस गर्नुपरेको डा. सिंहले जानकारी दिए । खोप अभाव नारायणी अस्पतालमा मात्र नभइ पर्सा जिल्लाका अन्य स्वास्थ्य संस्थाहरूमा पनि देखिएको छ।

यो संकट व्यवस्थापन गर्न प्रदेश सरकार र केन्द्र सरकारबीच समन्वय अभाव देखिएको छ। यद्यपि, डा. सिंहले यो साउन महिनाभित्र खोप आपूर्ति हुने अपेक्षा व्यक्त गरेका छन् । यति संवेदनशील उपचारको खोप नै अभाव हुँदा नागरिकको जीवन जोखिममा परेको छ । सरकारले निःशुल्क वितरण गर्ने भनिएको खोप निजी फार्मेसीमा महँगो मूल्यमा खरिद गर्नुपरेको सेवाग्राहीहरूको गुनासो छ ।

स्वास्थ्य प्रणालीको प्राथमिक तहमा पर्ने खोप सेवामा यस्तो अभाव हुनु जनस्वास्थ्य नीतिको कमजोरी हो भन्ने आलोचकहरूको भनाइ छ। सिजनको समयमा रेबिजका घटनाहरू बढ्ने गर्छन्, यस्ता संवेदनशील औषधिको अग्रिम तयारी नहुनु सरकारी लापरबाही छ । प्रदेश स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य सेवा विभागले खोप अभावको वास्तविक कारण सार्वजनिक गर्नु आवश्यक छ ।

साथै, स्थानीय तह, प्रदेश र संघबीच समन्वय गरेर आपूर्तिको सुनिश्चितता गर्न विज्ञहरू आग्रह गरिरहेका छन् । नारायणी अस्पतालमा रेबिज खोप अभावले देखाएको स्थितिले मुलुकको स्वास्थ्य आपूर्ति प्रणालीमै संरचनात्मक कमजोरी रहेको संकेत गर्छ । जनस्वास्थ्यको आधारभूत आवश्यकतामा यस्तो अभाव हुनु दुःखद मात्र होइन, नागरिकको जीवनमाथिको लापरबाही छ ।

तत्काल खोपको आपूर्ति र दीर्घकालीन समाधानका लागि नीति सुधार आवश्यक देखिन्छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार