अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण ८, बिहीबार ०७:२५

नेपाल–भारत सीमावर्ती क्षेत्रतर्फमा भारतीय प्रहरीले गोली चलाउँदा एकजना भारतीय घाइते भएका छन् ।

सीमावर्ती क्षेत्र अवस्थित भारतको महिनाथपुरमा भारतीय सशस्त्र सीमा बल एसएसबीले गोली चलाउदा एक भारतीय नागरिक घाइते भएका छन् । धनुषा जिल्लाको विदेह नगरपालिका–१ स्थित महिनाथपुर सीमावर्ती क्षेत्रमा गोली चलेका थियो ।

भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको ग्रामपञ्चायत–६ स्थित महिनाथपुर क्षेत्रमा किसानहरूले खाद्य सामग्री ल्याउने क्रममा उत्पन्न विवादपछि भारतीय एसएसबीले चार राउण्ड गोली प्रहार गरेको पुष्टि भएको छ । गोली प्रहारमा भारतीय नागरिक ४५ वर्षीय भर्ता पासवान घाइते भएका छन् ।

स्थानीय व्यापारी लालमोहन पासमानसँगको विवादलाई नियन्त्रणमा लिन खोज्दा गोली प्रहार गरिएको र त्यस क्रममा भर्ता पासमानको दाहिने कम्मरमा दुई राउण्ड गोली लागेको भारतीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै नेपाली सशस्त्र प्रहरीले जनाएको छ । घाइते पासवानलाई भारतको विहारको दरभंगास्थित मेडिलक कलेजमा उपचारका लागि लगिएको एसएसबीले जनाएको छ ।

सो घटनापछि नेपालतर्फ सशस्त्र प्रहरी बल मधेश प्रदेश अन्तर्गत छिन्नमस्ता वाहिनीका अनुसार महिनाथपुर सीमा क्षेत्र तत्कालका लागि बन्द गरिएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार