अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण ७, बुधबार १२:३२

रौतहट,७ साउन । ‘रक्तदान जीवन दान’ भन्ने मूलमन्त्र लाई आत्मसात गर्दै रौतहट स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेक्वामा कार्यरत प्रहरी कर्मचारीहरूले ६२ पटक आपातकालीन रक्तदान गरेका छन्।

माधवनारायण नगरपालिका–४, विपनपुरवामा बस्ने २८ वर्षीया लक्ष्मीमाया देवीलाई प्रादेशिक अस्पताल गौरमा डेलिभरीका क्रममा ए प्लस ग्रुपको रक्त आवश्यक परेको थियो ।

बुधबार उक्त जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेक्वा। रौतहटमा कार्यरत हवल्दार उपेन्द्र मुखियाले प्रादेशिक अस्पताल गौरमा उपस्थित भई आपतकालीन रक्तदान गरेका छन्।

उपेन्द्र मुखियाको समयमै गरिएको रक्तदानले लक्ष्मीमायाको जीवन रक्षा गर्न सहयोग पुग्नुका साथै सुरक्षाकर्मीहरू समाजप्रति कति उत्तरदायी छन् भन्ने कुराको पनि पुष्टि भएको छ।

यससँगै, सशस्त्र प्रहरी बल, नेपाल नं। ११ गण हे।क्वा। रौतहट र मातहतका कार्यालयहरूबाट हालसम्म विभिन्न मितिहरूमा रक्त आवश्यक परेका बिरामीहरूका लागि यस आर्थीक बर्षमा कूल ६२ जना प्रहरी कर्मचारीहरूले स्वेच्छिक रक्तदान गरेको सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतले न्युज कारखाना लाई बताएका छन्।

सशस्त्र प्रहरी बल, नेपालले सुरक्षा कायम राख्नेसँगै सामाजिक सेवामा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको देखिएको छ। यस्ता मानवीय कार्यले सुरक्षाकर्मीप्रतिको विश्वास अझ बलियो बनाउने जनाइएको छ।

बिरामीलाई उपचारको क्रममा रगतको अती आवश्यक परेको समय सशस्त्र प्रहरीले रक्तदान गरी सहयोग पुर्याउँदै आएको प्रादेशिक अस्पताल गौरका अस्पताल बिकास समितिका अध्यक्ष अनवर हासमिले बताएका छन्। सशस्त्र प्रहरीद्वारा हुने गरेको रक्तदानले दर्जनौँ बिरामीको ज्यान जोगिएको अध्यक्ष हासमिले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार