अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण ६, मंगलवार ११:०४

धनुषा प्रहरीले प्रहरीको नाउँमा सेवाग्राहीहरूसँग रकम असुली गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमार्फत धनुषा प्रहरीले जनकपुरधामस्थित भैरव चोकबाट सतेन्द्रकुमार साहलाई पक्राउ गरेको जनाएको छ ।

साउन ४ गते आइतबार जनकपुरधाम उपमहानगरपालिका–४ स्थित भैरव चोकमा ३७ वर्षीय साहलाई प्रहरीको नाम प्रयोग गरी सर्वसाधारणसँग पैसा मागिरहेको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरी टोलीले घटनास्थलबाट जनकपुरधाम उपमहानगरपालिका–८ का सतेन्द्र कुमार साहलाई नियन्त्रणमा लिएको जनाएको छ । उनलाई नियन्त्रणमा लिएपछि जिल्ला प्रहरी कार्यालयमा ल्याइ थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

धनुषा प्रहरीले यस किसिमको गतिविधि गैरकानुनी र जनताको विश्वासमा प्रहार गर्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । यस घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार