अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण ५, सोमबार १३:१६

एजेन्सी ।
जापानमा आइतबार भएको चुनावमा वर्तमान सरकारले बहुमत गुमाएको छ । निर्वाचनमा सत्तारुढ गठबन्धनले संसद्को माथिल्लो सदनमा बहुमत पाउन नसकेको हो ।
यसले प्रधानमन्त्री सिगेरु इसिबाको राजनीतिमा चुनौती थपेको छ । लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को नेतृत्वमा रहेको गठबन्धनले २४८ सदस्यीय माथिल्लो सदनमा केवल ४७ सिट मात्र पाएको हो । जुन बहुमतका लागि ५० सिटभन्दा कम हो ।
जापानको संसदीय प्रणालीमा तल्लो सदनलाई बढी शक्तिशाली मानिन्छ । यसमा पनि सत्तारुढ गठबन्धनले गत वर्ष अक्टोबरमै बहुमत गुमाइसकेको छ । यद्यपि प्रधानमन्त्री इसिबाले आफू पदमा रहने बताएका छन् । उनले अमेरिकासँगको प्रस्तावित व्यापार सम्झौतालाई यसको कारणको रूपमा उल्लेख गरेका छन् ।
इसिबाले भने, ‘जापानले अगस्ट १ सम्ममा अमेरिकासँगको व्यापार सम्झौतालाई अन्तिम रूप दिनुपर्छ। यो मेरो प्राथमिक जिम्मेवारी हो ।’

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार