अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण ५, सोमबार ०८:५६

नयाँ दिल्ली ।

भारतीय क्रिकेट टोलीका स्टार अलराउन्डर हार्दिक पाण्ड्याको गत वर्ष सम्बन्ध विच्छेद भयो। नताशा स्टान्कोभिकसँगको उनको सम्बन्ध टुट्यो। यसबाट पाण्ड्या धेरै निराश थिए र भारतको टी-२० विश्वकप जितपछि उनले यो कुरा स्वीकार पनि गरे।

यसपछि पाण्ड्या नयाँ सम्बन्धतर्फ अघि बढिरहेका थिए र आफ्नो पीडा बिर्सिरहेका थिए, तर फेरि उनको सम्बन्ध बिग्रिएको खबर सार्वजनिक भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार पाण्ड्याको नाम बेलायती गायिका जस्मिन वालियासँग जोडिएको थियो। दुईजना केही पटक सँगै पनि देखिएका थिए। पाण्ड्याको मनको चोट निको भएको र उनी फेरि माया गर्न थालेको रिपोर्ट आएको थियो।

तर नयाँ सम्बन्ध पनि ब्रेकअप भएको खबर आएको छ।

पाण्ड्या र जस्मिन वालिया सामाजिक सञ्जालमा एकअर्कालाई फलो गर्थे। धेरै मिडिया रिपोर्टमा दुवैले सामाजिक सञ्जालबाट एकअर्कालाई अनफलो गरेको दाबी गरिएको छ।

यही कारण उनीहरूको ब्रेकअप भएको आशंका गरिएको हो। तर यस विषयमा अहिलेसम्म दुवै जनाले केही बताएका छैनन्।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार