अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण ४, आईतवार १४:०२

एजेन्सी ।
इङ्ल्यान्डको बर्मिङ्घममा वल्र्ड च्याम्पियनसिप अफ लिजेन्ड्स (डब्लूसीएल) क्रिकेट प्रतियोगिताको नयाँ संस्करण जारी छ । प्रतियोगिताको चौथो खेल आइतबार भारत च्याम्पियन्स र पाकिस्तान च्याम्पियन्सबीच खेलिने कार्यक्रम थियो ।
तर, भारत र पाकिस्तानबीचको चिसो राजनीतिक सम्बन्धको असर त्यो खेलमा पनि देखियो । भारतीय खेलाडीले अन्तिम समयमा आएर पाकिस्तानसँग खेल्न मानेनन् । प्रतियोगिताको आयोजकले पनि भारतीय खेलाडीले पाकिस्तानसँग खेल्न नमानेको समाचारको पुष्टि गरेका छन् ।
सोही कारणले पाकिस्तान र भारतबीच हुने भनिएको खेल रद्द भएको घोषणा गरिएको छ । जारी प्रतियोगितामा भारतीय टोली युवराज सिंहको कप्तानीमा रहेको छ । पाकिस्तान आफ्नो पहिलो खेलमा विजयी भएको थियो ।
पहिलो खेलमा पाकिस्तानले आयोजक इङ्ल्यान्डलाई पाँच रनले हराएको थियो । भारतले भने हालसम्म एक खेल पनि खेलेको छैन । भारतीय टोलीले आफ्नो पहिलो खेल अब मंगलबार दक्षिण अफ्रिका च्याम्पियन्ससँग खेल्नेछ ।
भारत र पाकिस्तानबीचको खेल रद्द भएपछि प्रतियोगिताको आयोजकले समर्थकहरूसँग माफी पनि मागेको छ । ‘हामीले सधैं क्रिकेटलाई महत्त्व दिँदै आएका छौं । यो अवस्थाको बारेमा हामीले कल्पनासम्म गरेका थिएनौं,’ डब्लूसीएलले भनेको छ ।
निकै लामो समयदेखि भारत र पाकिस्तानबीचको राजनीतिक सम्बन्ध राम्रो छैन । सोही कारणले भारतीय क्रिकेट टोलीले पाकिस्तानी भूमिमा प्रतियोगिता खेलेको छैन ।
केही समयअघि भारतको पहलगाममा भएको आतंकवादी हमलापछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पनि पाकिस्तानसँग कुनै प्रतियोगिता नखेल्ने घोषणा गरेको थियो ।
पछिल्लो समय पाकिस्तानसँगै बंगलादेशसँग पनि भारतको राजनीतिक सम्बन्ध गतिलो छैन । सोही कारणले एसिया कप क्रिकेट प्रतियोगिताको आयोजना पनि अन्योलमा परेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार