अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण ४, आईतवार १२:३४

भारतीय राज्य बिहारको राजधानी पटनास्थित पारस अस्पतालभित्रै घुसेर कैदीको हत्या भएपछि ५ प्रहरीलाई निलम्बन गरिएको छ।

बिहीबार अस्पतालमा उपचार गराइरहेका बेला कैदी  चन्दन मिश्रालाई पाँच जनाको समूहले गोली हानी मारेका थिए।

यसरी अस्पतालभित्र रहेको कैदीलाई सुरक्षा दिन नसकेको भनी शनिबार ५ जना प्रहरीलाई निलम्बन गरिएको समाचार एजेन्सी पीटीआईले जनाएको छ।

बिहीबार पाँच जनाले अस्पतालको एउटा कोठामा पेस्तोल लिएर गई चन्दन मिश्रालाई गोली हानेर आरामसँग भागेका थिए।

कैदी मिश्रा मूल रूपमा बिहारस्थित बक्सरका बासिन्दा हुन्।

अस्पतालमा भएको घटनाको सीसीटीभी फुटेजमा गोली हान्नेहरूले मास्क लगाएको देखिन्न।

उनीहरू कम्मरबाट पेस्तोल निकाल्छन् र अस्पतालको कोठामा प्रवेश गरी गोली हानेर बिनाहतार र डर बाहिर निस्कन्छन्।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार