अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण ४, आईतवार ०८:२६

देशका विभिन्न ठाउँमा पानी परेको छ । गएराति पूर्वका धेरै ठाउँ, काठमाण्डौ उपत्यका र पश्चिमका कास्की, लमजुङ, पर्वतलगायतका जिल्लामा पानी परेको हो । सुनसरीको सार्दु खोला मदन भण्डारी राजमार्ग जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको छ ।

 

त्यस्तै इलामको माईखोला, देउमाई, चिसापानीमा जलसतहले सतर्कता तह पार गरेको छ । पर्वतको माेदी खोला जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास छ । तर बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनार भइ यात्रा गर्नेलाई सतर्कता अपनाउन भनिएको छ ।

 

त्यस्तै कास्कीको लुम्लेमा ठूलो वर्षा भएको छ । त्यस्तै लमजुङको भुजुङ क्षेत्रमा हल्कादेखि मध्यम वर्षा मापन भएको छ भने खोलाहरूमा बहाव बढ्न सक्ने जोखिम छ । सिन्धुपाल्चोकको गुम्थाङ र बाह्रबिसेमा मध्यम वर्षा मापन भएको छ । ती क्षेत्रबाट बहने खोलामा आकस्मिक बाढीको जोखिम छ । झापाको चन्द्रगढी, अनारमनीमा मध्यमदेखि ठूलो वर्षा भएको छ ।

 

कन्काई र मैनाचुली जलमापन केन्द्रमा जलसहत सतर्कता तह आसपास छ । कन्काई, मेची, विरिङ, निन्दालगायतका खोलाहरूमा बाढी र होचा भागमा डुबानको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रमा आज दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

 

ओखलढुङ्गा, खोटाङ, धनकुटा र आसपासका क्षेत्रमा पनि मध्यमदेखि ठूलो वर्षा मापन गरिएको छ । स–साना खोलामा आकस्मिक बहाव र पहिरोको जोखिम बढेको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार सक्रिय मनसुनी प्रणालीका कारण आज पूर्वी नेपालदेखि लुम्बिनीसम्म र भोलि पश्चिमी नेपालमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । आज र भोलि ती क्षेत्रमा उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

 

नदीकिनार, होचा भाग र पहाडी क्षेत्रका बासिन्दालाई सतर्क रहन, तथा आज र भोलि विशेष गरी पृथ्वी राजमार्ग, बीपी राजमार्ग र बुटवल–नारायणगढ सडकखण्डमा यात्रा नगर्न विज्ञले सुझाव दिएका छन् । देशका अरू ठाउँमा पानी परे पनि मधेश प्रदेशमा भने उल्लेखनीय वर्षा नहुने अनुमान छ । भोलि राति वा पर्सि मङ्कलवार बिहानदेखि देशभरको मौसम क्रमशः खुल्ने सम्भावना छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार