अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण ४, आईतवार ०८:२४

नेपाल–भारत खुला सीमानाकाका कारण विदेशीहरुको अवैध प्रवेश बढ्न थालेको पाइएको छ । खुला सिमाना रहेका कारण सहज आवागमनले गम्भीर सुरक्षा चुनौतीसमेत बढेको छ ।

 

मधेश प्रदेशको सीमावर्ती क्षेत्र वीरगञ्ज, भिठ्ठामोड, कोशी प्रदेशको सीमावर्ती क्षेत्र हुँदै बंगलादेश, भुटान, बर्मा (म्यानमार) र तिब्बतबाट विदेशी नागरिकको अवैध प्रवेश निरन्तर भइरहेको देखिएको छ । केही साता अघि वीरगञ्ज नाकाबाट बंगलादेशीहरुको एक समूह देखिएको थियो ।

 

त्यस्तै गत चैत १३ गते अमेरिकाबाट ’डिपोर्ट’ भएका १३ भुटानीमध्ये चारजना झापाको बेलडाँगी शरणार्थी शिविरमा अवैध रूपमा प्रवेश गरेका थिए । जसमध्ये तीनजना पानीट्यांकी नाकाबाट लुकीछिपी नेपाल छिरेका थिए भने चौथो व्यक्ति बाहुनडाँगी नाकाबाट प्रवेश गर्दा पक्राउ परेका थिए ।

 

अमेरिकाबाट डिपोर्ट भएका अरू धेरै शरणार्थी यही शैलीमा नेपाल प्रवेश गरिरहेका छन् । यसबारे स्थानीय सुरक्षा संयन्त्र बेखबर देखिएको छ । नेपाल, भारत र बंगलादेशको सीमाको संगमस्थल मानिने पूर्वी क्षेत्रतर्फको ‘सिलिगुडी कोरिडोर (चिनेक नेक) क्षेत्र अवैध घुसपैठका लागि प्रमुख र संवेदनशील क्षेत्र बनिरहेको छ ।

 

भेषभुषा बदलेर तिब्बतीहरू, नक्कली आधार कार्ड देखाएर बर्मेलीहरू, नेपाली जस्तो देखिने भुटानी र भारतीयजस्ता देखिने बंगलादेशी नागरिक सजिलै नेपाल प्रवेश गर्दै आएका छन् । भुटानीहरू त नेपालीजस्तै अनुहार र भाषा भएका कारण सहजै प्रवेश गरिरहेका छन् । भारतले नाका वारपार गर्न एकतर्फी ‘आईडी भेरिफिकेसन्स’ अनिवार्य गरेको छ ।

 

तर पनि विदेशीहरू वैकल्पिक बाटो प्रयोग गरेर नेपाल प्रवेश गरिरहेका छन् । खुला सीमाको फाइदा उठाउँदै विदेशी नागरिकलाई नेपाल प्रवेश गराउन सीमापारि र वारि दुवैतिर दलालहरू सक्रिय पाइएको छ । भुटानी युवाहरूलाई जनही १०÷१० हजार भारतीय रुपैयाँ असुलेर नेपाल प्रवेश गराएको घटनाले पुष्टि हुन्छ ।

 

त्यस्तै, बंगलादेशीहरू मतदाता परिचयपत्र र नक्कली आधार कार्ड देखाएर भारतीय नागरिकको रुपमा नेपाल प्रवेश गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार