अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण ३, शनिबार १६:००

तेलुगु फिल्म क्षेत्रका चर्चित हास्य अभिनेता फिश वेङ्कटको निधन भएको छ । वास्तविक नाम वेङ्कट राज रहेका उनको ५३ वर्षको उमेरमा शुक्रबार हैदराबादस्थित एक अस्पतालमा निधन भएको हो ।

मिर्गौलासम्बन्धी गम्भीर स्वास्थ्य जटिलताका कारण उनलाई केही दिनअघि आर्इसीयूमा भर्ना गरिएको थियो । भेन्टिलेटर र डायलसिसमार्फत उपचार हुँदै गर्दा पनि उनको अवस्था लगातार बिग्रँदै गयो ।

पछिल्लो केही महिनादेखि मिर्गौला रोगसम्बन्धी समस्याबाट पीडित रहेका वेङ्कटकका लागि किड्नी ट्रान्सप्लान्ट अत्यावश्यक रहेको चिकित्सकहरूले बताएका थिए । तर, करिब ५० लाख रुपैयाँ खर्च लाग्ने उक्त शल्यक्रियाका लागि उनको परिवारले सार्वजनिक सहयोगको आह्वान गर्नुपरेको थियो ।

उनकी छोरी श्रावन्तीले सार्वजनिक रूपमा सहयोगको याचना गरेपछि केही भ्रमपूर्ण समाचारहरूले अभिनेता प्रभासले सहयोग गरेका छन् भन्ने दाबी गरे । यद्यपि, परिवारले त्यसलाई ठगीको प्रयास भएको र कुनै सहयोग प्राप्त नभएको स्पष्ट पारेका छन् ।

यसबीच, पवन कल्याणले २ लाख रुपैयाँ, विश्वक सेन र तेलंगाना राज्यका एक मन्त्रीले आर्थिक सहयोग गरे पनि समयमै मिर्गौला उपलब्ध नहुँदा उनको असामयिक निधनको मुख्य कारण बन्यो।

फिल्मी करियरमा १०० भन्दा बढी तेलुगु चलचित्रहरूमा अभिनय गरेका वेङ्कट, स्वर्गीय निर्देशक दासारी नारायण रावद्वारा निर्देशित चलचित्र सम्मक्का सरक्काबाट तेलुगु फिल्म उद्योगमा प्रवेश गरेका थिए ।

‘खुशी’, ‘बन्नी’, ‘अधुरस’, ‘गब्बर सिंह’, ‘डिजे टिल्लु’, ‘स्लम डग हजबन्ड’, र ‘कफी विथ अ किलर’ जस्ता चर्चित चलचित्रहरूमा उनको हास्य अभिनयले दर्शकको मन जितेको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार