अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण २, शुक्रबार १७:५४

पर्सा २ साउन । जिल्ला प्रहरी कार्यालय पर्साले बाल सुधार गृह पर्सामा कार्यरत चौकीदार प्रमानन्द गुप्तालाई ठगी तथा दुरुपयोग आरोपमा पक्राउ गरेको छ।

गुप्ताले बाल सुधार गृहमा रहेका १० जना बाल बिषयगत (किशोर कैदी) हरूसँग लाखौं रुपैयाँ ठगी गरेको आरोप लागेको छ । गुप्ताले १० जना बालकैदीसँग नगद तथा ईसेवा मार्फत १० लाख ३४ हजार ३ सय असुल गरेको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले न्युज कारखानालाई बताए ।

प्रहरीको अनुसार, सिराहा नगरपालिका ३ निवासी २४ वर्षीय गुप्ता बाल सुधार गृहमा कार्यरत रहँदा आफू चौकीदारको हैसियतमा बाल बिषयगतहरूमाथि दबाब तथा प्रभाव पारेर रकम असुलेका थिए। आरोप अनुसार, रकम ठगी गरी व्यक्तिगत लाभ लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

गत असार ३२ गते गुप्ता कैद भुक्तान गरी बाल सुधार गृहबाट छुट्ने जानकारी पाए पछि पीडित बाल बिषयगतहरूले प्रहरीलाई घटनाको जानकारी दिएका थिए। प्राप्त जाहेरीका आधारमा पर्सा प्रहरीले  गुप्तालाई नियन्त्रणमा लिई ‘एक्सर्टसन’ अर्थात् विश्वासघात तथा आर्थिक लाभसम्बन्धी कसुरमा बिहीवार तीन दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

यस घटनासँग सम्बन्धित थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार