अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण २, शुक्रबार १६:३५

सिरहाको सुखीपुर नगरपालिका–४ पोखरियामा ठूलो परिमाणमा लुकाइछिपाइ राखिएको लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

आज बिहान ६ बजे गोप्य सूचनाको आधारमा ६० वर्षीय मेदी यादवको घरमा चेकजाँच गर्दा घरभित्र २६ र थप १ गरी २७ पोका गाँजा बरामद भएको छ । घरमुली यादव भने फरार छन् ।

बरामद भएको २७ पोका गाँजा तौल गर्दा कुल ७१७.६ किलोग्राम पुगेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ ।

फरार रहेका मेदी यादवको खोजीका कार्यसँगै थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार