अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण २, शुक्रबार १२:१९

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल बेलायतसँग सम्बन्धित संस्थाहरुका कारण नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्ध रहेको बताएका छन् ।

काठमाण्डुमा बिहीबार बसेको नेपाल–बेलायत संसदीयमैत्री समूहको बैठकमा बोल्दै उनले नेपाल–बेलायत संसदीयमैत्री समूहलाई सक्रिय बनाउनुपर्ने भन्दै यस्ता समिति र संस्थाहरुले नेपाल बेलायतको मैत्रीपूर्ण सम्बन्ध रहेको बताएका छन् । पूर्वमन्त्री निधिले भने,‘ उत्तर विधायिकी परीक्षण मिस्टर फाउन्डेसनले नेपाल, नेपालको लोकतन्त्र र नेपालको फाइदाको लागि हामीले एउटा आवश्यक जानकारी प्राप्त गर्न सक्छौ र नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्धका लागि पनि सहयोग हुन्छ,’ उनले अघि थप भने, ‘आगामी दिनमा नेपाल बेलायतसँग सम्बन्धित अरु संस्थाहरुले कुन कुन क्षेत्रमा काम गरिरहेको छ त्यसको जानकारी लिने र बेलायतमा पनि नेपालसँग सम्बन्धित संस्थाहरु कुन कुन छन् जानकारी लिएर लिस्ट गरौँ ।’

उनले नेपाल–बेलायत संसदीय मैत्री समूहले औपचारिक र अनौपचारिक क्रियाकलापलाई प्राथमिकतामा राख्नुपर्ने बताए । ‘नेपाल–बेलायत संसदीयमैत्री समूहलाई सक्रिय बनायांै । यसलाई औपचारिक र अनौपचारिक क्रियाकलापहरु गर्यौं । उनले भने, ‘चेम्बर र डब्लुएफडि को पदाधिकारीसँग समन्वय गरेर अनौपचारिक क्रियाकलापहरु गर्दा राम्रो हुन्छ ।’ यसैगरि सो कार्यक्रममा बोल्दै उद्यमी राजेन्द्र खेतानले बेलायतीहरु नेपालका लगानी गर्न उत्साहित रहेको भन्दै केहीले वित्तिय क्षेत्रमा लगानी गरेको पनि बताए । सो कार्यक्रममा सांसद विराजभक्त श्रेष्ठ, सुहाङ नेम्बाङलगायतले आफ्नो धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार