अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण २, शुक्रबार ०९:४४

अदालतको लेटरप्याड, छाप र दस्तखत किर्ते गरी अदालतको नाममा किर्ते फुकुवा पत्र नै बनाएर जग्गा बिक्री गरेको आरोपमा संजित चौधरी पक्राउ परेका छन् ।

 

जितपुर सिमरा उपमहानगरपालिका–१ का मोति धामी थारुको छोरा संजित चौधरीलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बारामा अनुसन्धानका लागि ल्याइएको छ । उनले बारा जिल्ला अदालतको किर्ते छाप र हस्ताक्षर गरेर अदालतबाट नै फुकुवा पत्र किर्ते गरी जग्गा बिक्री गरेको खुलेको छ ।

 

बारा जिल्ला अदालतका श्रेस्तेदार लालबहादुर कार्कीले चौधरीले अदालतको लेटरप्याड, चलानी नम्बर, छाप र श्रेस्तेदारको दस्तखत स्क्यान गरी किर्ते फुकुवा पत्र तयार पारेका बताए । सो किर्ते पत्रको आधारमा बारा मालपोत कार्यालय सिमराबाट कि.नं. ५४३ को ०–७–० जग्गा फुकुवा गराई दिपेन्द्र कुमार गुप्तालाई बिक्री गरिएको थियो । सो जग्गा अदालतको आदेशअनुसार वादी पवन साहले प्रतिवादी चन्द्रिका धामीविरुद्धको लेनदेन मुद्दाका क्रममा रोक्का गराएका थिए।

 

संजित चौधरीले वादीले साँवा–व्याज पाउन नपरोस् भन्ने नियतले किर्ते फुकुवा पत्र तयार गरेको स्वीकार गरेको अदालतले जनाएको छ । चौधरीले अदालतका पुराना फुकुवा पत्रमध्ये एकको प्रतिलिपि पाएर त्यसको आधारमा मिल्दोजुल्दो व्यहोरा टाइप गरी अदालतको लोगो, छाप र दस्तखत स्क्यान गरेर किर्ते पत्र तयार पारेको स्वीकारेका छन् ।

यद्यपि उक्त कार्यमा संलग्न रहेका बाबु मोति धामी थारुलाई भने हालसम्म प्रहरीले पक्राउ गरेको छैन । बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले चौधरीविरुद्ध सरकारी छाप, दस्तखत र कागजात किर्ते गरेको अभियोगमा अनुसन्धान अघि बढाइएको बताए ।

जिल्ला अदालतबाट स्पष्ट रूपमा फुकुवा नभएको जग्गा बाबु– छोराले मिलेर किर्ते गरी बिक्री गरिदिएको देखिए पनि हालसम्म चौधरी मात्रै पक्राउ परेका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार