अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण १, बिहीबार १८:२२

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अहिले निकै नै जटिल मोडमा रहेको बताएका छन्।

श्रम र उत्पादनमा वाइसीएल अभियानको सुरु गर्दै प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले जहाँ टेक्यो त्यही भ्रष्टाचार भइरहेको आरोप लगाए।

उनले भने, ‘देशमा अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा छ। अहिलेको सरकारले जहाँ टेक्छ त्यही भ्रष्टाचार मात्रै छ। यो सरकार देशलाई असफल बनाउने दिशातर्फ अघि बढेको छ।’

 

उनले सरकार यही ढङ्गले अघि बढे सडकबाट पनि प्रतिवाद गर्नुपर्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिए। उनले जनतासँग राम्रो सम्बन्ध बनाएर श्रम र उत्पादनमा जोडेर सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा लाग्नुपर्नेमा जोड दिए।

उनले श्रम र उत्पादनसँग जोडिएर प्रतिक्रियावादी र प्रतिगामी षड्यन्त्रको प्रतिवाद गर्नको लागि वाइसीएललाई निर्देशन दिए। उनले थपे, ‘यो परिवर्तनलाई उल्ट्याउने दुस्साहस भइरहेको छ। सुशासनकाविरुद्ध सरकारबाटै निकै ठुलो षड्यन्त्र भएको देखिएको छ। यसबारे जनतालाई सचेत बनाएर युवाहरूलाई सङ्गठित र परिचालित गर्न आवश्यक छ।’

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार