अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण १, बिहीबार १८:१९

मधेश प्रदेशमा असार सकिँदासम्म धान रोपाइँ ३६ प्रतिशतमात्रै सकिएको छ । अघिल्लो वर्ष असार सकिँदा ६१ प्रतिशत रोपाइँ भएको मधेशमा यो वर्ष जम्मा ३६ प्रतिशतमात्रै भएको हो ।

अझ विगतका वर्षहरूमा त यस बेलासम्म ७५ प्रतिशत रोपाइँ भइसक्थ्यो । सिँचाइको सुविधा भएको खेतमा रोपाइँ भए पनि आकाशेपानीमा भर पर्नुपर्ने खेतमा रोपाइँ भएको छैन ।

गएको सोमवार रातिदेखि सक्रिय भएको प्रणालीले पूर्वी तराईमा पर्याप्त वर्षा हुने आशा गरिएको भए पनि मधेश प्रदेशमा सामान्य वर्षामात्रै भयो । बारा, पर्सामा छिटपुटबाहेक वर्षा भएन ।

अब केही दिन मधेशमा वर्षा हुने सम्भावना कम रहेको मौसमविद् उज्जवल उपाध्याय बताउनुहुन्छ । मौसमविद धर्मराज उप्रेती पनि आइतवारसम्म ठूलो पानी पार्ने प्रणाली खासै नरहेको बताउनुहुन्छ ।

मधेश प्रदेशमा पानी नपर्दा रोपाइँसँगै खानेपानीको पनि समस्या भएको छ । इनार र चापाकल सुक्दा खानेपानीको हाहाकार भएको हो । मधेश सरकारले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।

मधेश नेपालकै अन्न भण्डार हो । तर अहिलेको अवस्थाले उत्पादन निकै घट्ने सङ्केत गरिरहेको छ । यसले खाद्य सङ्कट निम्त्याउने खतरासमेत बढाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार