अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण १, बिहीबार ११:४३

काठमाडौं ।

नयाँ आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएको छ । सरकारले १५ जेठमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । यसमध्ये चालु बजेट ११ खर्ब ८० अर्ब ९८ करोड, पुजिगत चार खर्ब ८० अर्ब र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ७५ अर्ब विनियोजन गरिएको छ ।

सरकारले ल्याएका नयाँ करका दरहरू कतिपय १५ जेठ र बाँकी सबै आजैदेखि कार्यान्वयनमा आएका छन् । उता, महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा भने सरकारले लक्ष्यको ८२५ मात्र बजेट खर्च गर्न सकेको छ । उक्त आवमा १८ खर्ब ६० अर्बको बजेट कार्यान्वयन गरिएको थियो ।

असार मसान्तसम्म खर्च भने मात्र १५ खर्ब २३ अर्ब १० करोड बराबर भएको छ । यो लक्ष्यको ८१.८७ प्रतिशत हो । पुँजीगत खर्च अहिले पनि दयनीय रह्यो । तीन खर्ब ५२ अर्ब विनियोजन भएकोमा खर्च दुई खर्ब २२ अर्ब मात्र भयो । जुन लक्ष्यको ६३.२ प्रतिशत मात्र हो । चालु खर्च ८५.९५ र वित्तीय व्यवस्था तर्फको बजेट ८७.१४ प्रतिशत मात्र खर्च हुन सकेको महालेखाको तथ्यांक छ ।

सरकारको आम्दानी र खर्चका बीचमा तीन खर्बमाथिको खाडल देखिएको छ । जसको पूर्तिका लागि आन्तरिक तथा बाह्र ऋण उठाइएको हो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार