अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ३२, बुधबार १८:३०

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गल्ती गर्ने जोसुकै भए पनि कारबाही हुने दावी गरेका छन्।

बुधवार सिंहदरबारमा सञ्चारकर्मीको प्रश्नमा उनले यस्तो बताएका हुन्। निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणबारे प्रश्नको जवाफ दिने क्रममा उनले मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएको र नयाँ मन्त्री पनि आइसकेको बताए।

उनले अब सरकारले अनुसन्धानको प्रक्रिया अघि बढाउने र दोषी देखिए कारबाही हुने बताए। तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्ने पनि स्पष्ट पारे।

उनले भने, ‘प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिने काम भइसकेको छ। हामी सबै भ्रष्टाचार मुक्त नेपाल चाहन्छौँ। भ्रष्टाचारी मन्त्री होस् वा कुनै सचिव जो भए पनि कारबाही हुन्छ। सामान्य प्रशासनमन्त्रीले प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिइसक्नुभएको छ। अर्को मन्त्री आइसक्नुभएको छ।’

मन्त्री गुरुङले गल्ती गर्ने जो कोही भए पनि कारबाही हुने बताए।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार