अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ३२, बुधबार १४:२९

जनकपुरधाम ।
पेस्तोल देखाएर लुटपाट गरेको आरोपमा धनुषा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुबनी जिल्ला देवधा–८का २३ वर्षीय विजय मुखिया रहेका छन् ।
उनीमाथि यही असार २० गते जनकनन्दनी गाउँपालिका–१ का अजय कुमार गोइतलाई पेस्तोल देखाएर उनको साथमा रहेको रकम लुटपाट गरेको आरोप छ । गोइत बैंकमा पैसा जम्मा गर्न जाँदै गर्दा मुखियाले बाटो छेकेर पेस्तोल देखाई नगद २ लाख १६ हजार, १२ लाख १० हजारको चेक र आइफोन १६ लुटेको अनुसन्धानमा खुलेको छ ।
धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार मुखिया पेशेवर लुटेरा हुन् । भारतमा पनि उनीमाथि ९–१० वटा मुद्दा दर्ता रहेको जनाइएको छ । ‘भारतमा लुटपाट गरेर नेपाल लुक्छन्, नेपालमा गरेर भारत,’ प्रहरी उपरीक्षक रेग्मीले भने ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार