अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ३१, मंगलवार ०९:१४

धनुषाको सबैला नगरपालिकामा कृषि कार्यक्रमका लागि विनियोजित रकम हिनामिना तथा सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी गरेको अभियोगमा इञ्जिनियर र वडाध्यक्षसहित सात जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत साना व्यावसायिक कृषि उत्पादन पकेट विकास कार्यक्रम सञ्चालन गर्न छुट्याइएको १५ लाख रूपैयाँ कार्यक्रम सञ्चालन नगरी कागजमै अनियमित तरिकाले खर्च गरिएको पाइएको छ ।

सबैला नगरपालिका वडा नम्बर ३, ७ र ८ मा कार्यक्रम सञ्चालनका लागि अर्चना सहकारी संस्था लिमिटेडसँग सम्झौता गरिएको थियो । तर सम्झौता भए पनि कार्यक्रम सञ्चालित नभएको, खरिद गरिएको भनिएको बोका, पाठी, च्यापक र डाले घाँस कसलाई वितरण गरियो भन्ने विवरण नरहेको र खरिद गरिएको भनिएको सामग्री साँच्चिकै आपूर्ति नभएको प्रमाणित भएको आयोगले जनाएको छ ।

राधा कृषि फर्मबाट खरिद गरिएको भनिएका पशु तथा सामग्री वास्तवमा नबेचिएको र सो फर्मले सम्बन्धित आर्थिक वर्षमा कुनै कारोबार नगरेको जनकपुरस्थित आन्तरिक राजस्व कार्यालयले पुष्टि गरेको आयोगको अनुसन्धानबाट देखिएको छ । त्यस्तै अनुदान वापतको १४ लाख ७७ हजार ५ सय रूपैयाँ बराबरको रकम झुट्टा बिल भरपाई र गलत कागजात तयार पार्दै हिनामिना तथा सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी गरिएको पुष्टि भएको आयोगको निष्कर्ष रहेको छ ।

सो प्रकरणमा तत्कालीन इञ्जिनियर रञ्जित कुमार यादव, वडा नम्बर ८ का तत्कालीन वडाध्यक्ष दुर्गा प्रसाद रायसहित सात जनाविरुद्ध विशेष अदालत काठमाण्डुमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जनाए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार