अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ३०, सोमबार १७:१०

प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रममा पठाउने गिरोहमाथि अनुसन्धान गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन्। सोमबार बिहान गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई गिरोहका बारेमा अनुसन्धान गर्न निर्देशन दिएका हुन्।

प्रधानमन्त्री सहभागी भएको स्पेनको कार्यक्रममा अन्य नेपालीलाई पनि लगिएको र उनीहरू नफर्किएको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आरोप लगाएकी छन्। उनले स्पेन जान भन्दै बाटो लागेका र नफर्किएका व्यक्तिहरू भन्दै ५५ जनाको सूची र केही कागजात समेत मिडिया मार्फत सार्वजनिक गराएकी थिइन्।

त्यस विषयमा समेत अनुसन्धान गर्न गृहमन्त्रीले लेखकले निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ। ‘प्रधानमन्त्रीको टोली बाहेकका व्यक्तिहरू स्पेनको कार्यक्रममा सहभागी भएका हुन् कि होइनन्। को को कसरी गए? उनीहरूले भिसालगायतका प्रक्रियाको मार्फत कसरी मिलाए? यी विषयमा अनुसन्धान गर्न भनिएको छ’, गृहमन्त्री लेखकको सचिवालयले भनेको छ।

अब यो विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र मानव बेचविखन अनुसन्धान ब्युरोले अनुसन्धान गर्ने भएका छन्।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार