अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २९, आईतवार १६:४१

जनकपुरधाम ।
जनमत पार्टीका निलम्बित उपाध्यक्ष दीपक साहमाथि केही व्यक्तिले बारामा मोसो फालेर दुव्र्यवहार गरेका छन् ।
पार्टीबाट कारबाहीमा परेका साह र अन्य नेताहरूले अन्तरसंघर्षको रूपमा ‘जनसंवाद यात्रा’ सुरु गरेका हुन् । सो क्रममा बारा पुगेका साहमाथि जनमत पार्टीकै कार्यकर्ताहरूले मोसो फालेका छन् ।
साह गाडीमै रहेका बेला केही युवा बोतलबाट कालो मसी फालेको र ‘मुर्दावाद मुर्दावाद…’ नारा लगाएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
पार्टी अध्यक्ष सीके राउतले आफ्नो विरोधमा गतिविधि गरिरहेको भन्दै साहसहित कारबाहीमा परेकाको भेलामा सहभागी नहुन कार्यकर्तालाई निर्देशन दिएका थिए । स्रोतका अनुसार राउतकै निर्देशनमा उनका कार्यकर्ताले साहमाथि मसी फालेर दुव्र्यवहार गरेका छन् ।
‘जनसंवाद यात्रा’को क्रममा बारामा आफूमाथि जनमत पार्टीकै कार्यकर्ताहरूले मसी फालेको साहले बताए । घटनाबारे केहिबेरमा प्रेस विज्ञप्ति जारी गर्ने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार