अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २९, आईतवार १३:०१

जनकपुरधाम ।
नेकपा एमाले मधेश प्रदेशको बैठकमा प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाललाई फिर्ता बोलाउने आवाज उठेको छ ।
महोत्तरीको बर्दिबासमा बसेको एमाले प्रदेश समिति बैठकमा उपाध्यक्ष विचारी यादवले मन्त्री जयसवाललाई फिर्ता बोलाउने प्रस्ताव गरेका थिए । मन्त्री जयसवालले कमिसन लिएर योजना बेच्ने गरेको उनले आरोप लगाएका छन् ।
उपाध्यक्ष यादवले मन्त्री जयसवालाई फिर्ता बोलाउने प्रस्ताव राखेपछि बैठकमा छलफल भए पनि निर्णय हुन नसकेको प्रदेश समितिका एक सदस्यले बताए ।
उनले भने, ‘बैठक पार्टी सुदृढीकरण र मिसन ०८४ मा केन्द्रित थियो । तर मन्त्री जयसवालाई फिर्ता बोलाउने प्रस्ताव आएपछि सो विषयले नै प्राथमिकता पायो । व्यापक छलफल चल्यो । तर फिर्ता बोलाउने निर्णय भने भएन ।’
उनका अनुसार बैठकको अन्तिममा प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठले जयसवालाई मन्त्रीबाट फिर्ता बोलाउने प्रस्ताव पत्र च्यातेर फाल्न निर्देशन दिएका थिए ।
पर्सा क्षेत्र नम्बर ३ (१) बाट स्वतन्त्र रूपमा निर्वाचित प्रदेश सांसद हुन् । एमालेमा प्रवेश गरेलगत्तै उनलाई मन्त्री बनाइएको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार