अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २९, आईतवार ११:३७

एजेन्सी ।
गाजामा इजरायली सेनाको आक्रमणमा शनिबार कम्तीमा ११० जना प्यालेस्टिनी मारिएका छन् । अलजजिराका अनुसार मारिनेमा दक्षिणी राफाहस्थित अमेरिकी समर्थन प्राप्त गाजा ह्युम्यानिटेरियन फाउण्डेसन (जीएचएफ) को राहत केन्द्रमा खाना लिन लाइन बसेका ३४ जना नागरिक समेत रहेका छन् ।
यो नरसंहार कतारमा जारी युद्धविराम वार्ता अवरुद्ध समयमा भएको हो। इजरायलले गाजाका सबै जनतालाई बलपूर्वक विस्थापित गर्ने योजना सार्वजनिक गरेपछि अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन् ।
बीबीसीले भने इजरायली हमलामा परी राहत सामग्री केन्द्र नजिकै २४ प्यालेस्टिनी नागरिकको मृत्यु भएको जनाएको छ ।
दक्षिणी गाजास्थित नासेर अस्पतालले दिएको जानकारी अनुसार शनिबार खाना लिन राहत केन्द्र पुगेका प्यालेस्टिनी सर्वसाधारणको इजरायली सेनाले चलाएको गोली लागी मृत्यु भएको हो ।
यता, इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले आफ्नोतर्फबाट चलेको गालीबाट कसैलाई चोटपटक पनि नलागेको जिकिर गरेको छ । तर अर्का इजरायली सैनिक अधिकारीले भने, ‘हामीले मानिसहरूलाई हटाउन चेतावनी स्वरूप गोली चलाएका हौं । सेनालाई खतरा महसुस भएपछि गोली चलाउनु परेको थियो ।’
इजरायलले कुनै पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई गाजाभित्रबाट प्रत्यक्ष रिपोर्टिङ गर्न अनुमति दिएको छैन ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार