अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २९, आईतवार ०८:०३

चोहर्वा टोलकी ६२ वर्षीया लरुबती सदा राज्यबाट उपेक्षित जीवन जिउन बाध्य छिन् । विधवा, अपांग, दलित र निशन्तान—चारथरी सीमान्तकृत पहिचान बोकेकी लरुबतीको जीवन विगत केही वर्षदेखि सडक छेउको सरकारी जमिनमा बितिरहेको छ ।

नागरिकता जस्तो आधारभूत कागजको अभावमा उनले भोगेको पीडा नेपाली र ाज्यको समावेशीता र समानताको दाबीमाथिको प्रश्न बनेको छ । श्रीमान् केशवर सदा बिते पछि जीवन थप कष्टकर भयो । “श्रीमानसँग नागरिकता थियो, तर मलाई बनाउने कोही थिएन । कहिले साक्षी ल्याउन भनियो, कहिले कागज खोजियो। धेरै पटक त कर्मचारीले हे पेर फर्काए,“ लरुबतीले भनिन् । पढ्न लेख्न नसक्ने उनी कानुनी प्रक्रिया बुझ्न नसक्ने अवस्थामा थिइन्।

पटक–पटक वडा कार्यालयदे खि जिल्ला प्रशासन कार्यालय धाउँदा पनि उनको नागरिकता बन्न सकेको थिएन। नागरिकताको संघर्षमा सामाजिक अभियन्ता डा. जयनार ायण यादवले सहयोग गरे। “छ महिनासम्म सिडिओ, वडा अध्यक्ष र प्रहरीसँग संवाद गर्दा अपमान सहनुप¥यो। तर जब नागरिकता आयो, त्यो खुशी शब्दमा अटाउँदै न,” डा. यादवले भने।

आज लरुबतीसँग नागरिकता छ। तर त्यो कागजले उनको दुःखको अन्त्य भने गरेको छैन। उनीसँग बस्न घर छैन, अपांगता तथा विधवा भत्ता पाएकी छैनन्, नियमित आम्दानीको स्रोत पनि छैन। राज्यले संविधानमा सबै नागरिक बराबर भएको दाबी गर्छ, तर लरुबतीजस्ता सीमान्तकृत नागरि कका लागि त्यो केवल दस्तावेजमै सीमित देखिन्छ। “नागरिकता बिना नागरिक कस्तो? भत्ता बिना विधवा कस्तो? अधिकार बिना अपांगता कस्तो

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार